HomeFeatureउत्तर प्रदेशको आगरामा ट्याक्सी दुर्घटना, 3 नेपालीको मृत्यु, 4 नेपालीहरु गम्भीर घाइते

उत्तर प्रदेशको आगरामा ट्याक्सी दुर्घटना, 3 नेपालीको मृत्यु, 4 नेपालीहरु गम्भीर घाइते

आगरा, 11 नोवेम्बर 2020

दिल्लीबाट नेपालको सुनौलीका लागि छुटेको एक ट्याक्सी दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ । ट्याक्सीमा सवार चालकसहित अन्य 4 जना नेपालीहरु दुर्घटनामा परि घाइते भएका छन। ट्याक्सीले दिल्लीको सरोजनीनगरबाट 7 जना नेपाली यात्रुहरु बोकेर नेपालको सुनौली नाकासम्म यात्रुहरुलाई लिएर जाँदै थियो। जानकारीका अनुसार मङगलवार राती ट्याक्सी मथुराको बलदेव थाना अन्तर्गत माइलस्टोन 135 मा एक ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। ट्याक्सीले पछाडीबाट ट्रकलाई ठक्कर दिएको घटनास्थलमा पुगेका ट्याक्सी मालिकका भाई मुकेशले बताएका छन। ट्रक रोकिएको थियो कि चल्दै थियो त्यसबारेमा थाहा हुन नसकेको उनको भनाई छ।

दुर्घटनाका कारण ट्याक्सी नराम्ररी क्षतिग्रस्त भएको छ। दुर्घटनामा परि 3 जना नेपालीको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी 5 जना गम्भीर घाइते भएका छन। ज्यान गुमाउनेमा एक बालक र एक महिला पनि रहेका छन। घाइते भएका सबैलाई आगराको कृष्णा अस्पलातमा भर्ना गरिएको छ। घटनास्थमा पुगेका गाडी धनिका भाई मुकेशका अनुसार दुर्घटनामा परेकाहरुको पहिचान हुन सकेको छैन।

जानकारीका अनुसार दिल्लीमा टूर एण्ड ट्राभल्स सञ्चालन गर्ने कुनै नेपालीहरुले ती दुर्घटनामा परेका नेपालीहरुलाई ट्याक्सीमा चढाएका थिए। घटनापछि पुलिस कारवाही पनि शुरु भएको छ भने दुर्घटनामा परेका आफन्तहरु अहिले घटनास्थल तर्फ पुगिरहेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...