HomeFeatureउदयपुर जिल्लाको कटारी नगरपालिकाद्वारा प्याराग्ल्याडिङ्गको सफल परिक्षण

उदयपुर जिल्लाको कटारी नगरपालिकाद्वारा प्याराग्ल्याडिङ्गको सफल परिक्षण

25 दिसम्बर 2021

उदयपुर जिल्लाको कटारी नगरपालिकाले प्याराग्ल्याडिङ्गको सफल परिक्षण गरेको छ । नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र बहादुर कार्कीले एक कार्यक्रमको आयोजना गरी प्याराग्ल्याडिङ्गको परिक्षण उडान उद्घाटन गर्नु भएको हो । कटारी नगरपालिकाको वडा नं. ७ मर्जेतपुरको डाँडाबाट प्याराग्ल्याडिङ्गको परिक्षण उडान सहित जिपलाइन र रक क्ल्याबिङ्गको सफल परिक्षण गरिएको हो । कटारी नगरपालिकाको आर्थिक सहयोग तथा गडीकोट पर्यटन व्यवस्थापना समितीको आयोजनामा प्याराग्ल्याडिङ्ग उडान सहित जिपलाइन र रक क्ल्याबिङ्गको सफल परिक्षण गरिएको हो ।  कटारी नगरपालिकालाई पर्यटन प्रवर्द्धन संग जोड्नको लागी प्याराग्ल्याडिङ्ग, जिपलाइन र रक क्ल्याबिङ्गको सुरुवात गरिएको भन्दै यसको डिपीआर तयार गरेर निरन्तर्ता दिने कटारी नगरपालिकाले जनाएको छ । कटारी नगरपालिकाले गडीकोट पर्यटन व्यवस्थापना समिती संग सहकार्य गरेर यसलाई ब्यबस्थित गर्नेर र १ नं प्रदेशकै नमुनाको रुपमा बिकास गरिने कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । परिक्षण गरिएको प्याराग्ल्याडिङ्ग ७५० मिटर हाइ अल्टिच्युट बाट टेकप गरेर १५ सय देखी १६ मिटर उचाइ सम्म पुग्न सकिने र उक्त क्षेत्र बाट प्याराग्ल्याडिङ्गमा उड्दा सगरमाथा देखी छिमेकी जिल्ला रामेछाप, ओखल्ढुङ्गा, सुनकोशी नदी सम्मको अवलोकन गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...