HomeFeatureउद्यमशीलताको प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको सञ्चार मन्त्रीको भनाई

उद्यमशीलताको प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको सञ्चार मन्त्रीको भनाई

काठमाडौं, 23 मार्च 2022

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्यमशीलताको प्रवद्र्धनमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधबार काठमार्डौंमा ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनको उद्घाटन गर्दै मुलुकको आर्थिक बिकासमा उद्यमशीलताको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै यसको प्रवद्र्धनमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । मन्त्री कार्कीले उद्यमशीलताको विकास, स्टार्टअप व्यवसायलाई नेपाल सरकारले प्रोत्साहित गर्ने नीति लिएको बताउनुभयो । सरकारले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन, वैदेशिक लगानी भित्रयाउन लगानीमैत्री नीति लिएको र सेवा प्रवाहलाई सरलीकृत गर्दै प्रक्रियागत झन्झटलाई हटाइएको उहाँले बताउनुभयो । सरकारले स्थापना गरेको एकल विन्दु सेवाबाट उद्योगी व्यवसायीलाई व्यवसायिक गतिविधि बढाउन सहयोग मिलेको उहाँको भनाइ थियो ।  उहाँले व्यवसाय प्रवद्र्धन, उद्यमीको क्षमता अभिवृद्धि र वित्तीय सहजीकरण गर्न सरकारले सोसम्बन्धी नीति परिमार्जन गरेको बताउनुभयो । त्यस्तै नेपालका लागि भारतीय राजदूत क्वात्राले अन्वेषण र उद्यमशीलता भारत सरकारको प्राथमिकतामा रहेको जानकारी दिँदै उहाँले भारत र नेपालका युवा उद्यमीको क्षमता अभिवृद्धि गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । क्लक वि विजनेस इनोभेसन्स् र काठमाडौँस्थित भारतीय दूतावासको सहकार्यमा ‘कनेक्ट इन’को तेस्रो संस्करणका रुपमा सम्मेलनको आयोजना गरिएको हो । ‘कनेक्ट इन’को पहिलो संस्करण सन् २०१८ र दोस्रो संस्करण सन् २०१९ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...