HomeFeatureउद्योगहरुलाई भारी छुट दिने सरकारको नीति: अर्थमन्त्री

उद्योगहरुलाई भारी छुट दिने सरकारको नीति: अर्थमन्त्री

ललितपुर, 29  अक्तूबर 2021

अर्थमन्त्री जनार्दन शर्माले बाहिरबाट कच्चा पदार्थ ल्याउने वा आफ्नै कच्चा पदार्थबाट उत्पादन गर्ने उद्योगहरुलाई भारी छुट दिने सरकारको नीति भएको बताउनुभएको छ । शुक्रबार ललितपुरमा १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले मुलुकमा उत्पादनबृद्धि गर्नका लागि कच्चा पदार्थमा आधारित उद्योगहरुलाई भारी छुट दिने नीति भएको बताउनुभउको हो । उहाले उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्र आत्मनिर्भर हुने धारणा राख्नुभयो । मुलुकमा उत्पादन भइरहेको बिद्युत खेर गइरहेको अवस्थामा पनि मुलुकमा उद्योगहरुको स्थापना र भएका उद्योगहरुको सहज सञ्चालन आवश्यक रहेको उहाले बताउनुभयो । उहाले मुलुकमा उत्पादनबृद्धि नभएसम्म व्यापार घाटा न्युनिकरण हुन नसक्ने र गरिवी पनि घटाउन नसक्ने जिकिर गर्नुभयो । मन्त्री शर्माले उपत्यकाभित्र १२ वटा पार्क निर्माण गर्ने योजना रहेको जानकारी पनि दिनुभयो । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सुरु मेला कार्तिक १५ गतेसम्म ललितपुरको जावलाखेलमा चल्नेछ । प्रदर्शनीमा ४४ वटा व्यावसायिक र चार वटा सूचनामूलक गरी ४८ वटा स्टल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...