HomeFeatureउद्योगी व्यवसायीको भनाई ,  व्यापार न्यूनिकरण गर्ने बलियो आधारहरु अझै तयार हुन...

उद्योगी व्यवसायीको भनाई ,  व्यापार न्यूनिकरण गर्ने बलियो आधारहरु अझै तयार हुन सकेन

काठमाडौँ, २५ जनवरी
उद्योगी व्यववसायीहरुले व्यापार घाटा न्यूनिकरण गर्ने बलियो आधारहरु अझै तयार हुन नसकेको बताएका छन् ।
नेपाल समुन्द्रपार निकासी पैठारी संघको ४० औं वार्षिक साधारण सभाको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले सरकारका नीतिहरुका कारण नै व्यापार घाटा कम गर्ने आधार तयार हुन नसकेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालबाट निर्यात हुने हरेक सामानको निकासी घट्दै गएको र पछिल्लो समय पाम आयलको निर्यात बढेका कारण व्यपार घाटामा सुधार देखिएको छ र केही दिन यता पाम आयल पनि निर्यात हुन नसक्दा व्यापार घाटा फेरी बढ्ने निश्चित भएको बताउनुभयो । उहाँले नेपालबाट निर्यात हुने अलैंची, अदुवा, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको र तुलनात्मक रुपमा सूचि बनाएर गरिएको व्यापारमा उक्त सूचिले समेत काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अलैचिको कुरा गर्ने हो भने २०१७ १८ मा हामीले ४ अर्ब ८४ करोडको निर्यात गरेका थियौं, गत वर्ष ४ अर्ब २८ करोड भयो यो पनि घटेको छ । अदुवा ७० करोडबाट ४० करोडमा झ¥यो हाम्रो तयारी पोशाक पनि वार्षिक ५० करोडको गिरावट आएको छ यसले के देखाएको छ भने तुलनात्मक रुपमा जुन हामीले एउटा लिस्ट बनाएका छौं त्यो लिस्टमा हामीले जुन रणनीतिहरु लिएका छौं ती रणनीतिहरुले काम गरेका छैनन् ।’ उहाँले रेमिट्यान्स पनि घट्दै गएको अवस्थामा आयात धान्न नसक्ने देखिएको र यसले भविष्यमा थप चूनौति रहेको बताउनुभो । उहाँले भन्नुभयो ‘बाह्य क्षेत्रसँग सम्बन्धित रहेको रेमिट्यान्स पनि पाँच महिनामा शुन्य दशमलव १ प्रतिशत अर्थात शुन्य दरले मात्रै बढेको छ । गत वर्ष व्यापार घाटा र रेमिट्यान्सको ग्याप ४ खर्ब बढी देखिसकेको छ । जुन दरमा निर्यात बढेको छ त्यसमा हामीलाई पुग्दैन आउने समय हाम्रो लागि चुनौतिपूर्ण रहन्छ भन्ने देखिन्छ । अझैपनि हाम्रो मुलुकको निर्यात एक अर्ब डलर पनि पुग्न सकेको छैन यो निरासा पूर्ण सुचाङ्क रहेको छ ।’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भन्सारमा वस्तुको सन्दर्भ निर्धारण तोक्ने र एचएस कोड निर्धारण गर्ने काम राजव्य बढाउनका लागि प्रयोग हुँदै आएको बताउनुभयो । यसले पनि व्यापार क्षेत्रमा असर पारेको बताउनुभयो । उहाँले भन्नुभयो ‘सन्दर्भ मूल्य न्यून बिजिकरणलाई न्यूनिकरण गर्नका लागि सरकारले ल्याएको नियम हो यो सिद्धान्ततः हेर्नेहो भने राम्रै छ तर न्यून बिजिकरण जब राजश्व लक्ष्य प्रप्ती नहुँदाखेरी यसलाई प्रयोग गरिन्छ यो फेरी अर्को विकृति जस्तै निम्त्याइरहेको छ त्यस्तै गरेर हार्मोनिक कोड यो पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त एउटा सिस्टम हो यो पनि विकृतिलाई रोक्ने हुनुपर्ने यसलाई हामीले स्वागत नै गर्छौं । तर जुनबेला हार्मोनिक कोड र सन्दर्भ मूल्य राजश्वयको लक्ष्य प्राप्तीको लागि प्रयोग हुन्छ झन ठुलो विकृति आउँछ यसलाई रोक्नुपर्छ ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारमा इ पेमेन्टको व्यवस्था कसरी व्यवस्थित गर्ने र व्यवसायीहरुले पैसा बोकेर जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो काम गर्न नसके भन्सारमा नै खाता खोली कारोबार गर्न पाउने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘भन्सारमा कारोबार मूल्य कसरी गर्ने, रेडलाइन र ग्रिन लाइन भन्छ त्यसलाई ग्रिनलाइनको व्यवस्था कसरी गर्ने, इ पेमेन्ट कसरी गर्ने यो सबै व्यवस्था सरकारले गरिदिओस भन्ने हाम्रो भनाई हो । हामीले किन यो कहिले पैसा ल्याउनुपर्ने, कहिले पैसा ओभर भएकोलाई अण्डर कसरी गर्ने, हामीलाई आवत जावत कारोबार गर्नलाई बरु भन्सार विभागमै एउटा खाता भएमा हाम्रो यति पैसा भयो हामीलाई फिर्ता देउ भन्न पाइन्थ्यो ।’ अध्यक्ष श्रेष्ठले व्यवसायीक कारोबारमा चेक बाउन्स भएर पैसा नउठने समस्या रहेको भन्दै यसलाई व्यवस्थित गर्न कानून आवश्यक रहेको बताउनुभयो । उहााले ऐन नियम बनाउँदा व्यवसायीलाई कारबाही गर्ने उद्देश्यले निर्माण गर्न नहुने समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो यो जुन ऐन कानून बन्दै छ त्यो बन्नु आगडी नै दण्ड सजाय भन्ने किन यो यस्तो व्यवस्था नै नगरिकन सबैलाई राम्रोसँग व्यापार व्यवसाय गर्ने सरकारले पनि राम्रोसँग राजश्व असुली गर्ने यो व्यवस्थाले सबैलाई रोजगारी दिन सकोस सबै सकारात्मक सोचबाट गयो भने के होला भन्ने हो यो व्यवस्था सरकारले गरिदिओस भन्ने हो ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले वस्तु निर्यात गर्ने हाउसले पनि उद्योगले जस्तै सहुलियत पाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जसरी उद्योगले वस्तु उत्पादन गर्दा इन्सेन्टिभ पाउँछ त्यसरी निै निर्यात गर्ने संस्थालाई पनि सरकारले इन्सेन्टिभ दिनुपर्ने बताउनुयभो । उहाँले भन्नुभयो ‘एक्सोर्ट हाउसले पनि एउटा एक्सपोर्ट गर्दाखेरी उद्योगहरुले उत्पादन गर्छ र इक्सपोर्ट हाउसमा जुन विश्वमा एउटा फेनोमेना नै छ एक्सपोर्ट हाउसले एक्सपोर्ट गर्दाखेरी इन्सेन्टीभहरु वा त्यस्ता सबै किसिमका सुविधाहरु पाउनुपर्ने जुन एउटा उद्योगले गर्छ ।’ उहाँले यस्तो सुविधाहरु दिन सकेमा निर्यात अर्झ बढ्न सक्ने बताउनुभयो ।

 

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले एक सय रुपैयाँको मूल्यको वस्तुको आयात गर्दा बैंकहरुमार्फत कम मूल्यमा एलसि खोलाउने र सोही अनुसार वस्तु ल्याउने भएकाले अव बैंकहरुलाई नै वास्तविक मूल्यमा एलसी खोल्न निर्देशन दिइएको बताउनुभयो । वास्तविक मूल्यमा एलसी खोलिएपछि भन्सारले विल हेर्दै पास गर्दै गर्ने दिन आउने समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ’कारोबार मूल्यको कुरा गरिरहँदा मैले अस्ति पनि भने यो कुरा एलसी अन्डर इन्भ्वाइस गरिदिन्छन अनि त्यसपछि अनि के गर्ने भनेर अर्को व्यवसायीले भन्नुभयो त्यसपछि मैले बैंकरहरुलाई बोलाए तीन दिन अगाडी लाग्छ हामीले बैंकहरु र राष्ट्र बैंकसँग बसेर एलसी यथार्थपरक ढंगले खोल्नुस तपाइले यथार्थपरक ढंगले एलसी खोलेपछि भन्सारको कर्मचारीले छाप लगाउँदै सामान छोडने हो त्यहाँ दर रेट केही हेर्ने होइन ।’

उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले आयातलाई रोकेर मात्र व्यापार घाटा कम हुन नसक्ने बताउनुभयो । उहाँले नेपालबाट अर्गानिक उत्पादनको निर्यात गर्न सकिने सम्भावना रहेको बताउनुभयो । त्यस्तै नेपालको गार्मेन्ट उत्पादन पनि विश्वमा माग रहेको बताउँदै त्यसको उत्पादन बढाउन उद्योगी व्यववसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘आयातलाई रोकेर मात्र हुँदैन यसबाट ब्रोकर पनि मारमा पर्छ यो पनि वास्तविक कुरा हो हामी निर्यामा जोड दिऔं, निर्यात बढाऔं हामी खोजि गरौं केके छन हामी एक्सपोर्ट बढाउन सक्छौं, हामी अर्गानिक आइटमहरु पुरा विश्वमा माग छ त्यस्ता आइटमहरु गरौं, रेडिमेड गार्मेन्ट वषौं पहिले जुन बन्द भइसकेको थियो हाम्रो एक लेभलमा कुरमा भइसकेको छ मैले केही साथिहरुसँग कुरा पनि गरेको थिए कि पाइहरु आउनुहोस तर दुर्भाग्य छ कसैले विश्वास गरेन कि कोहीपनि आएन यो रिडिमेड गार्मेन्टको हाम्रो धेरै उच्च स्तरमा कुरा भइसकेको छ अमेरिकाको सिनेट सम्ममा पनि हामीले यो कुरा पु¥याएका छौं ।’

कार्यक्रममा उद्योगी व्यवसायीहरुले व्यापार घाटा कम गर्ने विषयमा सरकारले ठोस कार्ययोजना ल्याउनुपर्नेमा जोड दिएका छन् । त्यसमा आफुहरुपनि सरकारलाई सहयोग गर्न तयार रहेको उद्योगी व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...