Homeबिबिध+साहित्यउधारो जीवन ( डाक्टर प्रदीप ढकाल, काठमाडौंं )

उधारो जीवन ( डाक्टर प्रदीप ढकाल, काठमाडौंं )

झुसिल्किरा पुतली हुने प्रक्रिया प्रकृति नै त हो
पुतली बनेर झुसिल्किरा उधारो जीवन बाँचिरहन्छ
नाचिरहन्छ, प्रकृतिमा शोभा बढाइरहन्छ
त्यसैले संकेत गर्दछ जीवन अझै बाँकी नै छ ….

जीवनबाट केही पल उधारो लिएरै बाँचियो –
श्वास पनि उधारो, शरीर पनि उधारै लिएकै त हो
सम्बन्धहरु त झन उधारो नै हुन् ….

अतीतका सुमधुर पलहरु
आइरहन्छन् स्मृतिमा छायाँ बनेर
जीवन तिनले पनि त कहाँ पो जिए र ?
जसलाई जीन्दगीले प्रेमको व्यापारी बनाइदियो ….

अझै पनि –
सुन्दरता आँखा अगाडिबाट लम्किन्छ
मतिर पुलुक्क हेर्दै
म मुस्काउँदै बाटो देखाइदिन्छु …

छातीको फोक्सो बाफिएर
मुटुमा मुटु घोटिएर
हृदयमा परेको चट्याङ सहेर
ऐया… नभनी पीडा सहेरै उधारो हाँसो हाँस्दै
जीवनको संग्राममा हुँदा पनि
उधारो नै सही मुस्कानले पीडा ढाकेर
प्रेमको कथा कोर्नेहरुलाई कोटी प्रणाम छ ….

सपना उधारो
विपना त झनै उधारो
स्मृतिका छालहरु छचल्किन्छन् –
हाँसो त छँदै थियो
आँशु पनि उधारो
हुँदा हुँदा जीवन नै उधारो बनिदियो
धेरै उधारोमध्ये केही उधारो तिर्न बाँकी नै छ
उधारो बाँकी भएकैले त
जीवन पनि बाँकी नै छ नि ….

उधारो नै सही
केही कथा छाडेर जाउँ
केही सपना बुनेर जाउँ –
त्यसैले पनि आजै आँखा बन्द गर्न मन छैन
प्रकृतिबाट आउने सुमधुर संगीत सुन्नै बाँकी छ
मौनताको मधुर ध्वनि,
मौनताकै सुमधुर आवाज घन्काएर
हृदयको उच्छवाससँगै आनन्दपूर्वक नाच्न बाँकी नै छ ….

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...