HomeFeatureउन्नाव बलात्कार मामिलामा जन्मकैदको सजाय पाएका पूर्व विधायकलाई थप 10 वर्षको सजाय

उन्नाव बलात्कार मामिलामा जन्मकैदको सजाय पाएका पूर्व विधायकलाई थप 10 वर्षको सजाय

नयाँ दिल्ली, 13 मार्च 2020

उत्तर प्रदेशको बलात्कार मामिलामा आजीवन कारावासको सजाय पाएका भाजपाका पूर्व विधायक कुलदीप सेंगरलाई पीडित युवतीको बुवाको हत्या मामिलामा पनि 10 वर्षको सजाय सुनाइएको छ। उन्नाव बलात्कार पीडितका बुवाको हत्या मामिलामा दिल्लीको तीस हजारी कोर्टले पूर्व विधायक कुलदीप सेंगरलगायत अन्य 7 जनालाई 10 वर्षको कैद सजाय सुनाएको हो। अदालतले यस मामिलामा सेंगर र उनका भाई अतुल सेंगरलाई पीडित परिवारलाई 10/10 लाख रूपैयाँ क्षतिपूर्ती दिन आदेश दिएको छ। पुलिसकै हिरासतमा रहेका बेला 9 अप्रेल 2018 मा पीडित युवतीका बुवाको हत्या गरिएको थियो।

यसअघि आफ्नो दुइवटा छोरीहरू रहेको भन्दा सेंगरले आफुलाई उन्मुक्ति दिन न्यायाधीश समक्ष आग्रह गरेका थिए। तर न्यायाधीशले परिवार सबैको हुनेभन्दै अपराध गर्नु अघि सोचिनुपर्ने बताउनुभएको थियो।

यस मामिलामा पूर्व बीजेपी विधायक कुलदीप सिंह सेंगर, सब इंस्पेक्टर कामता प्रसाद, एस.एच.ओ. अशोक सिंह भदौरिया, विनय मिश्रा भनेर चिनिने विनीत मिश्रा, बउवा सिंह भनेर चिनिने बीरेन्द्र सिंह, सुमन सिंह भनेर चिनिने शशि प्रताप सिंह र अतुल सिंह भनेर चिनिने जयदीप सिंहलाई कोर्टले दोषी ठहर गरेको छ भने कन्स्टेबलहरू टिंकू सिंह भनेर चिनिने शैलेन्द्र सिंह, सोनू सिंह भनेर चिनिने राम शरण सिंह, अमीर खान, र शरदवीर सिंहलाई दोष मुक्त गरेको छ।

उत्तर प्रदेशको उन्नाव जिल्लामा 4 जुन 2017-मा 17 वर्षीया किशोरीको बलात्कार भएको थियो।  यस मामिलालाई सुप्रीम कोर्टको आदेश बमोजिम उत्तर प्रदेशबाट तीस हजारी कोर्टमा स्थानान्तरण गरिएको थियो। मामिलामा पीडितको पक्षमा कुल 55 साक्षीले बयान दिएका थिए भने बचाव पक्षको तर्फबाट 9 जनाले बयान दिएका थिए।

नाबालिग दुष्कर्म मामिलामा भने उनलाई जन्मकैदको सजाय सुनाइएको छ। 16 डिसेम्बर 2019 मा तीस हजारी कोर्टले यस मामिलामा सेंगरलाई दोषी ठहराएको थियो र 20 डिसेम्बरमा उनलाई जन्मकैदको सजाय सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...