नयाँ दिल्ली 20 फरवरी 2020/ खुम गुरूङ
भारतको राजधानी नयाँ दिल्लीबाट एक जना नेपाली युवक हराएका छन्। नेपालको कास्की पोखरा वडा नम्बर 6 लामाचौर स्थायी घर भएका 32 वर्षिय बद्रिनाथ पौडेल यही फरवरी 19 तारीखदेखि हराएका हुन्। गत फरवरी 18 तारीखका दिन आफ्नो बुवासँगै उपचारको लागि राजस्थान जानका लागि दिल्ली पुगेको र 19 तारीख राजस्थान जाने क्रममा उनि हराएका हुन्। सँगै रहेका बेला दिल्ली सडक पार गर्ने क्रममा छुट्टिएपछि छोरा हराएको उनका बुवाले बताएका छन्।
उनी अर्कै गाडीमा चढेर अन्यन्त्र पुगेकी, उनको अपहरण भएको हो वा कतै अलमलिएका छन्, यो कुरा भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन्। उसो त भारतमा सोझासाझा नेपालीहरू लुटिनु र अपरहणमा पर्नु कुनै नौलो कुरा होइन्।
यो अनजान शहरमा छोरा बद्रिनाथलाई खोज्ने हरसम्भव प्रयास विफल बनेपछि उनका बुवा भने स्वदेश फर्केका छन्। उनले आफ्नो छोरालाई खोजीदिन आग्रह गर्दै कसैले देखेमा नजिकको प्रहरी चौकी वा नेपाली मोबाइल नम्बर 9846200576 मा सम्पर्क गर्न अनुरोध गरेका छन्।









































