दिल्ली, 22 मार्च 2022
दुर्घटनामा गंभीर घाइते भएकाको उपचारको लागि आर्थिक सहयोगको अपील गरिएको छ। लोकेन्द्र शेर्पालीले दिएको जानकारी अनुसार करीब दुई वर्ष अघि मोटर साइकल दुर्घटनामा गंभीर घाइते भएका तेज बहादुर कुँवरको उपचारको लागि आर्थिक सहयोगको अपील गरेका हुन। लोकेन्द्र शेर्पालीको नेतृत्वमा सहयोग समितिले आर्थिक सहयोग गरिदिनको लागि यो अपील जारी गरेको हो। बाँके राप्ती सोनारी वाडा नं ४ लटनिया निवासी तेजबहादुर कुँवर मोटर साइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए , दुर्घटना पछि विगत अढाई वर्षदेखि, काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उनको उपचार भैरहेको थियोे, उनको घाँटी भन्दा तल सबै अंगमा पैरालिसिस भैसकेको छ । थप उपचार भारतको चंडिगढमा हुनेभएको छ। काठमाडौंमा उपचार गराउँदा भएको सबै जायज्यथा सकिए पछि थप उपचारको लागि उनी असमर्थ भएका छन। उनको आर्थिक अबस्था अत्यन्तै कमजोर रहेकोले उनको उपचार खर्चको लागि गोवामा बस्ने प्रवासी नेपालीहरुले आर्थिक अभियान चलाएका छन् । प्रगतिशील नेपाली समाजका गोवाका सचिव अर्जुन कार्की र सिनियर सदस्य ओपेन्द्र शाहीको नेतृत्व ११ सदस्यीय आर्थिक समिति बनेको छ । सहयोग गर्न इच्छुकहरुले, बुद्धि पुन मगर 8237901233, हुकुम कुँवर 8080259607 मा सम्पर्क गरि विस्तृत जानकारी लिन सक्नुहुने छ।









































