नयाँ दिल्ली, 7 सेप्टेम्बर 2020
उपचारका लागि दिल्ली आएको 4 जनाको एक नेपाली परिवार सम्पर्कविहीन भएपछि नेपालमा रहेका आफन्तहरु चिन्तित भएका छन । बिराटनगर एयरपोर्ट नजिक घर भएका बलदेव भण्डारीका छोरा पुरुषोत्तम भण्डारी र बुहारी कोपिला मिश्र (भण्डारी) छोरीको उपचारका लागि दिल्लीस्थित एम्स अस्पताल आएको 5 महिनादेखि सम्पर्कमा नआउँदा पुरै परिवार चिन्तित बनेको हो । तस्वीरमा देखिका पुरुषोत्तम भण्डारी र कोपिला मिश्र लकडाउन अघि २०७६ फागुनमा बिरामी छोरी र काखको सानो छोरासहित चारजना दिल्ली आएका थिए । त्यसयता लकडाउन भएको र त्यसपछि उनिहरुको सम्पर्कमा आफुहरुसित नभएको नेपालमा रहेको परिवारले जनाएको छ । तर दिल्ली उपचारका लागि आएका छोरा बुहारीहरुले एम्स अस्पतालका डा. आशुतोष भारद्वाजसँग होली पर्व मनाएको भन्ने जानकारी नेपालका परिवारजनले थाहा पाएका थिए ।
डा. आशुतोष भारतको उत्तर प्रदेशकै मथुरासँग सम्बन्धित भएको बताइएको छ । कोरोना महामारीको स्थिति र भारतको ठूलो शहर दिल्लीमा उपचारका लागि आएको परिवार यसरी सम्पर्कविहीन हुँदा बिराटनगरमा बलदेब भण्डारी र दुहवी सुनसरीमा रहेको कोपिलाका माइती परिवार निकै चिन्तामा परेका छन् ।
उनिहरुले दिल्लीमा बसोवास गर्ने नेपाली संघ-संस्था र सामाजसेवीहरुलाई चारैजनालाई खोजिदिन आग्रह गरेको प्रगतिशील नेपाली समाजका गोकुल कुमार भुजेलले बताउनु भएको छ । भुजेलका अनुसार डा. आशुतोष भारद्वाजसँग परिवारले होली खेलेको थाहा भएकाले उनिसँग सम्पर्क गरे छिट्टै परिवारको बारेमा थाहा हुन सक्ने बताउनु भएको छ । तस्वीरमा देखिएका पुरुषोत्तम भण्डारीको परिवारलाई कसैले कतै देख्नु भएको छ भने प्रगतिशील नेपाली समाज अथवा नेशनल लाईभ मार्फत परिवारलाई जानकारी गराइदिन आग्रह गर्दछौं ।









































