काठमाडौं, 8 अक्टूबर 2022
नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आगामी प्रतिनिधिसभाको निर्वाचन नलड्ने भएकी छन् । शनिबार अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार टेलिफोन गरेर विकल्प खोज्न आग्रह गरेकी छन् ।
‘फेरि यस्तो कुरा नगर्नुहोस्, मैंले अब संसदीय राजनीतिबाट बिदा लिन्छु भनेको छु’, शाक्यले भनिन्, ‘विकल्प खोज्न पनि आग्रह गरेको छु ।’ एमालेले शाक्यलाई काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।
उपाध्यक्ष शाक्यले एउटै व्यक्ति पटक चुनाव लड्ने, मन्त्री र प्रधानमन्त्री बन्ने परिपाटीले जनता दिक्क भएको पनि बताएकी छन् । उनले अब पूराना होइन नयाँलाई अवसर दिनुपर्ने पनि भनेकी छन् ।









































