HomeFeatureएएफसी यु–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग पराजित

एएफसी यु–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग पराजित

26 अक्तूबर 2021

एएफसी यु–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ। सोमबार  ताकिस्तानको दुसान्वेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामामा सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा नेपालले इरानलाई ४–० को नतिजा सुम्पिएको हो।  पहिलो हाफमा नेपालले इरानलाई रोकेको दोस्रो हाफमा भने इरानको आक्रमण निस्तेज पार्न सकेन। १७औं मिनेटमा इरानका कप्तान ओमिद नोराफकनले पेनाल्टीको अवसर  खेर  फाल्दा नेपालको संकट जोगिएको थियो। दोस्रो हाफमा ४ गोल गरेसँगै इरानले प्रतियोगितामा सुखद सुरुआत  गरेको हो। ४७औं मिनेटमा मेहदीको गोलमा इरानले अग्रता लियो। ७७औं मिनेटमा होसेनले  इरानको अग्रता दोब्बर  पारेका  थिए। त्यसको दुई मिनेटपछि नै होसेले व्यक्तिगत दोस्रो गोलमा इरानको अग्रता ३–० मा पुर्‍याएका थिए। इरानले छनोट चरणमा इन्जुरी समयमा यासिनले बललाई जाली चुमाएसँगै सानदार  सुरुआत गरेको हो। बिहीबार नेपालले दोस्रो खेलमा ताजिकिस्तान र  कात्तिक १४ गते लेबनानको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...