HomeFeatureएक महिनापछि चिनियाँ नाका सञ्चालनमा, रसुवागढीबाट आयात सुरू

एक महिनापछि चिनियाँ नाका सञ्चालनमा, रसुवागढीबाट आयात सुरू

काठमाडौं, 15 सितंबर 2022

एक महिनापछि चिनियाँ नाका सञ्चालनमा आएको छ। भदौयता बन्द भएका २ वटा चिनियाँ नाका सञ्चालनमा आएका छन् । चीन सरकारले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको थियो । बन्द गरेको नाका  १ महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले कन्टेनर छाड्ने लागेको हो । रसुवागढी भन्सार नाकाका प्रमुख रामप्रसाद मैनालीले चीनले आजदेखि सामान छाड्न लागेको जानकारी दिए ।

उनले भने, ‘चीनले आजदेखि रसुवागढी नाकाबाट सामानहरू छाड्दैछ । तर, के–के आउँदैछ भनेर हामीलाई जानकारी छैन ।’ आज नाकाबाट १० वटा कन्टेनर नेपाल भित्रिन सक्ने मैनालीले बताए ।यस्तै, तातोपानी भन्सार नाकाबाट भने यही साताको शनिबारदेखि नै आंशिकरूपमा सामान भित्रिन थालेको थियो ।

शनिबार यता अहिलेसम्म १५ वटा कन्टेनर सामान भित्रिएको भन्सार कार्यालयका पूर्व प्रमुख नारद गौतमले बताए ।
नेपालको ४ दिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुसँगको भेटमा नेपालका सबैजसो नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेका थिए । सबै नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेपछि चीनले नाकाबाट सामान पठाउन सुरू गरेको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...