HomeFeatureएनआरएनएद्धारा ओलम्पियनहरुलाई सम्मान

एनआरएनएद्धारा ओलम्पियनहरुलाई सम्मान

काठमाडौं, 12 अक्तूबर 2021

गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पोर्टस एकेडेमीले ओलम्पियनहरुलाई सम्मान गरेको छ । टोकियो ओलम्पिक २०२० मा सहभागिता जनाउने खेलाडी तथा खेल पत्रकारहरुलाई एकेडेमीले सम्मान गरेको हो ।  कार्यक्रममा टोकियो ओलम्पिक २०२० मा सहभागि खेलाडीहरुलाई स्पोर्टस एकेडेमीका संरक्षक तथा निवर्तमान अध्यक्ष भवन भट्ट, सल्लाहकार कुल आचार्य लगाएतले सम्मान गरेका थिए । सो अबसरमा टोकियो ओलम्पिक र पारालम्पिकमा सहभागि खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको हो । टोकियो २०२० ओलम्पिकमा एथ्लेटिक्सबाट सरस्वती चौधरी, पौडीमा गौरिका सिंह र एलेक्स शाह, सुटिङकी कल्पना परियार र सोनिया भट्टले सहभागिता जनाएका थिए । यसैगरी पारालम्पिकमा पलेसा गोबद्र्धनले सहभागिता जनाएकी थिइन् । यस्तै अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ पत्रकार श्याम चित्रकार, निरञ्जन राजबंशी तथा रामजी बगालेलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एनआरएनएसँग मिलेर  काम गर्न  फुटबल संघ सधैं तयार रहेको जनाए । एन्फा अध्यक्ष शेर्पाले अहिले नेपाली फुटबल टिममा एनआरएनए खेलाडीहरुले डेब्यु गरिसेकको प्रसङ्ग निकाल्दै आगामी दिनमा अझ धेरै खेलाडीहरु आउने विश्वास व्यक्त गरे । कार्यक्रममा एनआरएनएका संरक्षक भवन भट्टले आफूहरुले विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न खेलकुद उपयुक्त माध्यम रहेको बताए । एनआरएनएका सल्लाहकार कुल आचार्यले एनआरएनए अब खेलकुद पूर्वाधार निर्माणमा केन्द्रित हुन चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...