काठमाडौँ, २७ जनवरी
सर्लाहीको परवानीपुरमा रहेको एनसेल टावरमा बम विष्फोट गराइएको छ ।
लालबन्दी नगरपालिका–१६ स्थित एनसेल टावरमा राती साढे १ बजेतिर बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी गराएका छन् ।
विष्फोटबाट टावरमा सामान्य क्षति पुगेको एसपी पोखरेलले बताए । विप्लव समूहले विष्फोट गराएको हुन सक्ने अनुमान गरिए पनि अहिलेसम्म घटनाकौ कसैले जिम्मेबारी लिएको छैन । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।









































