काठमाडौं, 4 मार्च 2022
विज्ञानराज शर्माले अखिल नेपाल फुटबल संघ(एन्फा)को लिग कमिटी संयोजकबाट राजीनामा दिएका छन् । नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाण्डु रेजर्सका निर्देशक रहेका शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा घोषणा गरेका हुन् । उनले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाएका छन् । नेपाल सुपर लिग दोस्रो संस्करणमा काठमाडौं रेजर्समा आवद्ध रहेकाले राजीनामा दिएको उनले जनाएका छन् ।









































