16 नवम्बर 2021
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाको एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता भएको छ । सोमवार बहराइनमा भएको भेटमा अध्यक्ष शेर्पाले नेपालमा फुटबलको विकासमा निरन्तर सहयोग गरेकोमा एएफसीलाई धन्यवाद दिए । शेर्पाले एएफसीको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गर्ने प्रस्ताव पनि राखेका छन् । शेर्पाले अध्यक्ष सलमानलाई नेपालको जर्सी पनि प्रदान गरेका छन् ।









































