22 अक्तूबर 2021
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास हुने बताउनु भएको छ। अविरल वर्षाका कारण बाढी र पहिरोबाट भएको क्षति अवलोकन गर्न सुदूरपश्चिमको भ्रमण गरेका प्रधानमन्त्री देउवाले एमसीसी नेपालको कानूनको अधीनमा रहेको बताउनुभयो। एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झुटा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानुनभन्दा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । एमसीसी त अनुदान हो । उनीहरुले नै यसमा नेपालकै कानुन लागू हुने बताएका छन् ।’









































