HomeFeatureएमसीसीबारे परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्नेछु : अमेरिकाका लागि प्रस्तावित राजदूत...

एमसीसीबारे परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्नेछु : अमेरिकाका लागि प्रस्तावित राजदूत खतिवडा

काठमाण्डौ, 12 नोवेम्बर 2020

अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले एमसीसीका सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्ने बताउनुभएको छ । संघीय संसद अन्तरगतको संसदीय सुनुवाई समिति (संयुक्त) मा डा. खतिवडाले विगतमा आफु निर्णायक भूमिकामा रहँदा एमसीसी सम्झौता अनुमोदनका लागि संसदसम्म पुगेको उल्लेख गर्दै अहिले निर्देशन पालना गर्ने तहमा भएकाले परराष्ट्रको निर्देशन अनुसार काम गर्ने बताउनुभयो । एमसीसीका सन्दर्भमा उठेका उपयुक्त कुराहरुलाई सच्याउने र फरक बुझाईका विषयमा स्पष्ट पार्न सहजिकरण गर्ने उहाँले बताउनुभयो। सुनुवाईका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै खतिवडाले एमसीसीका विषयमा उठेका विषयहरुमा छलफल गर्न र थप स्पष्ट पार्न अमेरिकी सरकार तयार रहेकाले संशोधन आवश्यक रहेका विषयमा पनि कुरा राख्ने बताउनुभयो । अमेरिकाले एमसीसी परियोजना लागु गर्न अन्य कुनै स्वार्थ नभएर नेपालको विकासको मात्रै स्वार्थ भएको स्पष्ट पारिरहेकाले नेपालमा उठेका विषयहरु त्यहाँका अधिकारीहरु समक्ष पु¥याएर सहजिकरण गर्न सकिने उहाँले बताउुनभयो ।

उहाँले भन्नुभयो, ‘‘हिजो म सरकारमा थिए । एमसीसी पास गर्नलाई निर्णायक भूमिकामा हुन्थ्यो । अब परराष्ट्रमन्त्रालयले जे निर्देशन दिन्छ त्यो निर्देशन मात्रै पालना गर्ने तहमा छु । मेरा नीजि विचार होलान तर सरकारको निर्देशन पालना गर्ने हो । व्यक्तिगत भूमिका भन्नुपर्दा यहाँ जे कुराहरु उठेका छन् । केही उपयुक्त कुरापनि उठेका छन् केही फरक कुरा पनि उठेका छन् । हाम्रो बुझाइले फरक भएका कुराहरु बुझाउने काम हुन्छ । त्यसमा स्पष्ट गर्नुपर्ने कुरा गरौँला । उहाँहरुले पनि भन्नुभएका कतिपय कुराहरुमा छलफल गरेर अगाडी बढ्न सकिन्छ भन्नुभएको छ । हाम्रो नेपालमा विकासको मात्र स्वार्थ छ त्यो भन्दा अरु कुनै स्वार्थ छैन भनेर अमेरिकाले भनिरहेको छ । नेपालमा उठेका कुराहरु त्यहाँ लगेर छलफल गरेर यी कुराहरु यस्तो भन्दा उहाँहरुको पनि समझदारी बनाउन सकिन्छ ।’’

अहिले नेपालमा युएसएआडीको पनि ठूलो सहयोग गरिरहेको उल्लेख गर्दै खतिवडाले त्यो सहयोगलाई नेपालको हित, प्राथमिकता र राष्ट्रि बजेट प्रणालीमा ल्याउने प्रयास गर्ने पनि बताउनुभयो ।  आफुविरुद्ध परेका उजुरीहरुमा जवाफ दिँदै खतिवडाले शैलीगत रुपमा व्यक्तिगत कमि कमजोरी भएपनि नैतिक र आर्थिक रुपमा आफु कमजोर नभएको बताउनुभयो । २० औं वर्ष सार्वजनिक जीवनमा बसेको र १५ वर्ष विभिन्न लाभका पदमा काम गर्दा कारवाहीमा परेका, करछलीमा परेका र बैंकिङ कसुरमा कारवाहीमा परेकाहरुले उजुरु गर्नु सामान्य भएको उहाँले बताउनुभयो ।

उहाँले अर्थमन्त्रीको कार्यकालमा केही गलत काम भएको भए संसदीय समितिलाई छानबिन गर्न आग्रह गर्नुभयो । कर प्रणाली लगायतमा केही गलत भएको भए छानबिन गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘‘संसदमा छलफल भएर कर प्रस्तावमा आएका कुराहरुमा प्रयाप्त बहस भएका छन् । कमि छन् भने छानबिन गर्नुपर्छ । संसदीय समितिहरुले हेर्न सक्छन् हेर्न पर्छ । कहिले काँही असल नियतले काम गर्दा गल्ति भएको हुन सक्छ । कहिले नियतै खराव भएर पनि काम गरेको हुन सक्छ । यो पदमा रहँदा मात्र हैन पदपछि व्योहोर्नुपर्ने कुरा हो । मैले गरेको कामको जवाफेहिता मैले लिन्छु । अर्थमन्त्रीको कार्यकाल सकियो भनेर मैले उन्मुक्ति पाउँदैन ।’’

पूर्वअर्थमन्त्री समेत रहनुभएका खतिवडाले आफुले अमेरिकाको राजदूत हुन कहिले पनि सरकारसँग प्रस्ताव नगरेको बताउनुभएको छ । संघीय सरकारको मन्त्री समेत भइसकेको व्यक्ति राजदूतका लागि जानु प्रोटोकलले मिल्छ भन्ने सांसदको प्रश्नमा उहाँले संघका मन्त्रीहरु प्रदेशमा गएर मन्त्री बनेका छन् भन्नुभयो । उहाँले प्रोटोकल भावना, कानूनी र मर्यादाको कुरा भएको उल्लेख गर्दै कतिपय मन्त्री भएका व्यक्तिहरु राजदूत भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘कहाँ भूमिका आवश्यक पर्छ त्यहाँ निभाउने हो । राज्यले दिएको जिम्मेवारीमा मेरो प्रोटोकल मिलेन की भन्दा आफुले जे भूमिका निर्वाह गर्न सकिन्छ त्यो भूमिका खोज्ने हो । अमेरिकाको राजदूत हुनका लागि कहिले पनि प्रस्ताव गरेको होइन । सरकारले त्यहाँ सिफरिस गरेको छ । र जाने हो । मैले त्याँ पनि मन्त्री सरह कै प्रोटोकल हुन्छ भनेर सुनेको छ । सिफरिस भयो भने त्यो कुरामा स्पष्ट पनि हुँला ।’’

उहाँले नेपालको स्वाधिनता, सुरक्षा र राष्ट्रिय हित दिगो शान्तिका लागि कुटनीतिक सम्बन्धलाई अगाडी बढाउने र अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न दुई पक्षीय र बहुपक्षीय सहयोग जुटाउन भूमिका खेल्ने पनि बताउनुभएको छ । नेपालमा बाह्य लगानीको आश्यकता रहेकाले उच्च सम्भावना भएका क्षेत्रमा विदेशी लगानी ल्याउन प्रोत्साहन गर्ने, नेपाल र अमेरिकाबीच भन्साररहित ब्यापारको सुविधा रहेकाले त्यसको भरपुर उपयोग गर्ने तर्फ सहयोग गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...