काठमाडौं, 24 फरवरी 2022
नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले एमसीसीमा भोटिङ भएपछि गठबन्धनमा माओवादी नवस्ने जवाफ कांग्रेसलाई दिएको बताउनुभएको छ । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सांसद पोखरेलले आफुहरु एमसीसीको बिपक्षीमा रहेकाले यसमा भोटिङ भएपछि गठबन्धनमा नरहने कुरा प्रचण्डले प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनुभयो । उहाले एमसीसीका बिषयमा सैद्धान्तीक छलफल गर्ने भनेपछि सरकारको आग्रहमा संसदको बैठक सारिएको जानकारी दिनुभयो । पोखरेलले एमसीसीमा सहमति खोज्ने बिषय सकारात्मक भएपनि आफुले ल्याएको प्रस्तावमा बहुमत नजुट्ने देखिएपछि बैठक सार्न खोजिएको जस्तो देखिएको धारणा राख्नुभयो । त्यस्तै कांग्रेस नेता मीन विश्वकर्माले सत्ता गठबन्धनमा रहेका दलहरुले एमसीसीका बिषयमा आफ्नो कित्ता स्पष्ट पार्नुपर्ने बताउनुभयो । उहाले शुक्रबारसम्म माओवादी र नेकपा समाजवादीलाई एमसीसीका बिषयमा स्पष्ट धारणा राख्न भनिएको जानकारी दिनुभयो । उहाले एमसीसीको महत्व कांग्रेसका साथै एमाले पनि बुझेको तर सत्तागठबन्धनका केहि दलले बुझ्न नसकेको तर्क गर्नुभयो ।









































