HomeFeatureएमसीसी अन्तर्गत हुने पूर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई...

एमसीसी अन्तर्गत हुने पूर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई देउवाको सुझाव

काठमाडौं, 11 मार्च 2022

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अन्तर्गत हुने पूर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई सुझाव दिनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने भएकाले एमसीसी अन्तर्गतका परियोजनामा नेपालका निर्माण व्यवसायीले पनि भाग लिनुपर्ने बताउनुभएको हो । उहाले नेपाली निर्माण व्यवसायीले एमसीसी अन्तर्गतका आयोजना प्राप्त गर्न सके आफु पनि खुसी हुने जिकिर गर्नुभयो । त्यस्तै प्रधानमन्त्री देउवाले समयमा नै निर्माण सम्पन्न हुन नसक्ने समस्यालाई समाधान गर्नुपर्ने धारणा राख्नुभयो । उहाले निर्माण व्यवसायीलाई सहुलियतका लागि सरकारले सार्वजनिक खरिद लगायतका नियमावली संशोधन लगायतका विषयमा सरकार लचिलो रहेको उल्लेख गर्नुभयो । मुलुकलाई समृद्ध बनाउनका लागि सरकारसँगै निजी क्षेत्रको सहकार्य एवं समन्वय अपरिहार्य रहेको उहाको भनाई छ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न सरकार तयार रहेको भन्दै व्यवसायीमैत्री कानून निर्माण गरिएको जानकारी दिनुभयो । उहाले निर्माण व्यवसायी देशका धरोधर भएको भन्दै कुनै पनि व्यवसायीलाई सुरक्षा दिने काम सरकारले गर्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा व्यवसायीहरुले राज्यले आफुहरुको समस्यमा गम्भीरता नदेखाएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...