HomeFeature(एमसीसी) विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

(एमसीसी) विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, 21 दिसम्बर 2021

बिभिन्न दल आवद्ध मोर्चाले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, नेकपा माले,  नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा, राष्ट्रिय जनमोर्चा नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रिय स्वाधीनता रक्षा गरौं, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर लगाएतका नारा लगाएका थिए । विरोधपछि आयोजित सभामा नेताहरुले देशभक्तहरुले एमसीसीको विरोध गर्नुपर्ने बताएका थिए । नेकपा (माले) का महासचिव सीपी मैनालीले एमसीसीमार्फत् अमेरिकाले नेपाललाई सैन्य रणनीतिको रुपमा प्रयोग गर्न खोजको तर्क गर्नुभयो । त्यस्तै, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी नेपालीहरुका लागि धोका भएको भन्दै एमसीसी सम्झौता खारेज नभएसम्म आफुहरु चूप लागेर नबस्ने बताउनुभयो। सदनबाट एमसीसी पारित हुने अवस्था नरहेको दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...