HomeFeatureएमालेको अवरोधबीच प्रतिनिधिसभामा ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश ’

एमालेको अवरोधबीच प्रतिनिधिसभामा ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश ’

काठमाडौ, 18 फरवरी 2022

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभामा ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन,  न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेश गर्नुभएको थियो । त्यसअघि बैठक सुरुहुनेबितिकै एमालेका सांसदहरुले नारावाजी गर्दै रोष्टम घेराउ गरेका थिए । एमाले सांसदले गैरसांसदलाई प्रवेश निषेध गर्नुपर्ने,  संवैधानिक सर्वोच्चता कायम गर्नुपर्नेलगायतका माग गर्दै नाराबाजी गरेका थिए । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुखले टाँस नगरेको भन्दै विपक्षी दलले संसद् बैठकमा अवरोध गर्दै आएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महामारीका कारण संसद् बैठक नियमित हुन नसकेको र सञ्चालन भएका बैठकमा पनि अवरोध कायम जनताका भावना आउन नसकेको भन्दै बैठक सञ्चालनका लागि आग्रह गर्नुभएको थियो । सभामुखको आग्रहपछि पनि एमाले सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि उहाँले कार्यसूचीलाई अगाडि बढाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ८ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...