HomeFeatureएमालेको केन्द्रीय कमिटी बैठकमा ओली द्वारा राजनीतिक प्रतिवेदन पेश

एमालेको केन्द्रीय कमिटी बैठकमा ओली द्वारा राजनीतिक प्रतिवेदन पेश

काठमाडौं, 23 मार्च 2022

प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । बुधबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको पहिलो दिन अध्यक्ष ओलीले अहिलेको अवस्थामा पार्टीको दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । अध्यक्ष ओलीको प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुन जरुरी रहेको उल्लेख गरिएको छ । त्यस्तै ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरुलाई एक तह मुनिको भूगोलमा खटिन निर्देशन पनि दिनुभएको छ । बैठकमा सातै प्रदेश कमिटीका अध्यक्षहरुले पार्टीको अवस्थाका बारेमा रिपोटिङ गरेको गुरुङले बताउनुभयो । प्रदेश अध्यक्षहरुले पार्टी प्रवेशको लहरले पार्टी बलियो अवस्थामा रहेको दावी गरेका थिए । अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा भने पार्टीको वास्तविक अवस्थाको आंकलन गर्न नसकिएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो । त्यस्तै बार्षिक क्यालेन्डर निर्माण, निर्वाचनमा पार्टीको नीति लगाएतका एजेण्डामाथि बिहीबार छलफल हुने र आवश्यक निर्णय गरिने गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...