काठमाडौं, 7 नवम्बर 2022
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको चुनावमा आफूहरुले एकल बहुमत ल्याउने बताएका छन् । पोखरामा मंगलबार आयोजित एमालेको कार्यक्रममा ओलीले कांग्रेस भन्दा धेरै ठूलो पार्टी बन्ने बताएका छन्।
उनले भने ‘अहिले के के नामको सर्भेमा एमालेलाई कांग्रेसको हाराहारीमा सिट ल्याउने देखाउन खोजिएको छ । कांग्रेसको जति भोट ल्याउँछ एमालेले भन्ने इम्प्रेसन पार्न खोजिएको छ’।
‘तर नेकपा एमाले कांग्रेसको हाराहारीमा होइन, सानो मार्जिनले होइन, अत्याधिक बहुमतले सबभन्दा अगाडि हुन्छ ।’ एमालेले एकल बहुमत ल्याए पनि अहिले तालमेल गरेका दलहरुलाई सरकारमा सामेल गर्ने ओलीको भनाइ छ । ‘एकल बहुमत ल्याउँछ । एकल बहुमतको सरकार बनाउँछ । यसको अर्थ अर्कालाई सरकारमा सामेलै गराउँदैन भन्ने होइन, सामेल गरिन्छ । तर, फेरि पनि त्यो एमालेकै सरकार बन्छ’ ।









































