HomeFeatureएमालेसँग एक्ला-एक्लै चुनाव लड्ने हिम्मत गर्न नसक्नेहरूले साँठगाँठ गरिरहेको छन्: ओली

एमालेसँग एक्ला-एक्लै चुनाव लड्ने हिम्मत गर्न नसक्नेहरूले साँठगाँठ गरिरहेको छन्: ओली

काठमाडौं, 19 अगस्त 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्ला-एक्लै चुनाव लड्ने हिम्मत गर्न नसक्नेहरूले साँठगाँठ गरिरहेको बताएका छन्।  दक्षिणी झापाको कचनकवल गाउँपालिका-६ स्थित बनियानीमा बिहीबार आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एक्ला एक्लै लड्न नसक्ने भएर गठबन्धन गरेर एमालेसँग लड्न खोज्दैछन्, अपवित्र साँठगाँठको नाम हो गठबन्धन।’  गठबन्धनमा ८/१० वटा दल पुगेको हुनसक्ने बताउँदै उनले अरू मान्छे जुटाउँदा पनि एमालेलाई केही फरक नपर्ने बताए। ओलीले भने, ‘जस्तो सुकै गठबन्धन बनोस् त्यसलाई एमालेले पराजित गर्नेछ।’ त्यसकारण उच्च मनोबल लिएर, जित्छु भन्ने विश्वास लिएर अगाडि बढ्न यसै मञ्चबाट सबैलाई आग्रह गर्न चाहन्छु।’  आफूले सरकार बनाउनका लागि एमालेले जित्ने नभएको बताउँदै उनले देशलाई बर्बादीबाट बचाउन जित्न पर्ने बताए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...