काठमाडौं, 21 अक्टूबर 2022
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग फोनमा कुराकानी गर्न सुरु गरेका छन्। ओलीसँग कुरा गर्न नम्बर टिपाएका सर्वसाधारणमध्ये गोला तानेर परेका नम्बरमा फोन गरेर ओलीले कुराकानी गरेका हुन्। शुक्रबार ओलीले पार्टी कार्यालय च्यासलबाट सर्वसाधारणसँग आगामी चुनावलगायत समसामयिक विषयमा कुराकानी गरेको उनको सचिवालयले जनाएको छ। ओलीसँग कुराकानी गर्न एक लाख ७१ हजार सात सय ८३ जनाले नाम र नम्बर टिपाएको ओलीको सचिवालयको दाबी छ। उनले मंगलबार फेसबुक मार्फत ‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै ओलीले कात्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने बताएका थिए।









































