HomeFeatureएमाले अध्यक्ष ओली संघीयता र गणतन्त्र विरोधि भएको प्रचण्डको आरोप

एमाले अध्यक्ष ओली संघीयता र गणतन्त्र विरोधि भएको प्रचण्डको आरोप

काठमाडौं, 27 नवम्बर 2021

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली संघीयता र गणतन्त्र विरोधि भएको आरोप लगाउनुभएको छ ।  नेकपा माओवादी केन्द्रको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पटक संसद् विघटन गर्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संविधानसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने गणतन्त्र विरोधि भएको बताउनुभएको हो । उहाँले प्रतिनिधिसभा विघटन गरेर संविधानसँगै गणतन्त्र, संघीयता, समावेशिता र समानुपातिक व्यवस्था नै उल्ट्याउने खालको केपी ओलीले षड्यन्त्र गरेको बताउनुभयो । अध्यक्ष प्रचण्डले ओली देशभित्र र बाहिरका शक्तिसँग मिलेर षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो । २०७५ सालमा माओवादी र एमालेबीच एकता हुँदाको समझदारी ओलीले अस्वीकार गर्दा समस्या उत्पन्न भएको आरोप दगाउनुभयो । उहाँले फेरी एकपटक माओवादी विजयी भएको बताउदै सडकबाटै प्रतिगमनको विरोध गरेको बताउनुभयो। उहाँले अहिले गठबन्धन बनाएर नेकपा माओवादी केन्द्र अघि बढिरहेको दाबी गर्नुभयो । उहाँले संघमात्रै नयाँ सरकार गठन नभई प्रदेशमा समेत नयाँ सरकार बनेको बताउनुभयो । उहाँले अहिले आफूहरु पार्टी पुनःनिर्माणमा लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...