काठमाडौं, 6 दिसम्बर 2021
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वको सरकारले प्रभावकारी काम गर्दा पार्टीभित्रैबाट षडयन्त्र भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा अनेरास्ववियुको संगठन विस्तार तथा सदस्यता वितरण कार्यक्रममा उहाले एमाले नेतृत्वको सरकारलाई प्रभावकारी रुपमा काम गर्न नदिएकै कारण तत्कालिन अवस्थामा ताजा जनादेशमा जाने निर्णय भएको पनि बताउनुभयो । कुनैपनि मुद्दामा राजनीतिक दलले निरुपण गर्न नसके जनतामा जाने विश्वव्यापी मान्यता रहेको भन्दै त्यो नै संसदीय प्रजातन्त्रको विशेषता भएको उहाले बताउनुभयो । नेपालको राजनीतिक मुद्दाका हरेक विषय अदालतमा लगेर विवादमा पार्ने काम गरेको आरोप लगाउदै अहिले न्यायलयको आन्दोलनले त्यसको पुष्टि गरेको जिकिर गर्नुभयो । पोखरेलले अहिले न्यायलयलाई धरासायी पार्ने काम पाँच दलिय गठबन्धनले गरेको आरोप पनि लगायनुभयो । पोखरेलले महाधिवेशनपछि एमाले अव शसक्त र एकजुट भएर अघि बढ्ने उद्घोष गर्नुभयो ।









































