HomeFeatureएमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनका लागि निवेदन दर्ता

एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनका लागि निवेदन दर्ता

काठमाण्डौं, 30 मार्च 2021

नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला विरुद्धमा नेकपा माओवादी केन्द्रले पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका नेताहरु र वरिष्ठ अधिवक्ताहरु सहित सर्वोच्च पुगेर निवेदन दर्ता गराउनु भएको हो । निवेदन दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले पार्टीको नाम सम्बन्धी विवादमा परेको मुद्दामा भएको फैसला अस्वभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको रहेको बताउनुभयो । त्यसैले आफ्नो दलले फैसला पुनरावलोकनका लागि निवेदन दर्ता गराएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले देशमा राजनीतिक स्थायित्वको निम्ति, शान्ति र समृद्धिको नयाँ अभियानका लागि एक्तावद्ध भएका दलहरुलाई विभाजित गर्ने गरी अदालतबाट भएको राजनीतिक निर्णय सच्चिने विश्वास समेत व्यक्त गर्नुभयो । पार्टीको नाम सम्बन्धी मुद्दामा रिट निवेदकको समेत एकता टुटोस भन्ने चाहना नभएकाले पनि फैसला सच्याउने विश्वास गरिएको बताउनुभयो । अध्यक्ष प्रचण्डले अवको केही दिन भित्रमै उक्त फैसला सच्याउने विश्वास समेत व्यक्त गर्नुभयो ।
निवेदन दर्ताका लागि अध्यक्ष प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा लगायतका नेताहरु सर्वोच्च अदालत पुगेका थिए ।
फागुन २३ गते न्यायाधीशहरु कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने गरी फैसला सुनाएको थियो । सर्वोच्चले दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिन भित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न समेत भनेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...