काठमाडौं, 1 मार्च 2023
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले सत्ता बाहिर हुँदा झन् बलियो भएको बताउनुभएको छ । एमाले तनहुँले बन्दीपुरमा आज गरेको जिल्ला कमिटी स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो कुरा बताए । एमालेको जनमत बढेकाले झन् बलियो भएको छ उहाँले भन्नुभयो ।
एमाले सरकार बाहिर हुँदा देशमा नयाँ अस्थिरता छाएकाले एमालेप्रति नै जनताले भरोसा गरेकाले पार्टी बलियो बनेको उहाँको भनाई छ परिवर्तनलाई रोक्नका लागि यथास्थितिवादीले षडयन्त्र गरेकाले गठबन्धन भत्किएको ज्ञवालीले बताउनुभयो । एमालेको सहयोगबाट प्रधानमन्त्री बनी गठबन्धनको सबैभन्दा बढी लाभ लिनुभएको पुष्पकमल दाहाल प्रचण्डले नै गठबन्धनका सहयात्री दललाई धोका दिएको उहाँको आरोप छ । देश एमालेको नीति तथा सिद्धान्तमा अगाडि बढिरहेको उहाँले बताउनुभयो । विश्व राजनीति नै मार्क्सवाद विचारधाराबाट अगाडि बढेको हुँदा त्यसको लिगेसी एमालेले मात्र बोकेको उहाँले दाबी गर्नुभयो । हाल परिवर्तनकारी शक्ति र परिवर्तन विरोधी शक्तिको बीचमा शक्ति सङ्घर्ष चलिरहेको हुँदा त्यसलाई चिर्न एमाले सफल हुने पनि बताउनुभयो ।









































