काठमाडौं, 2 मई 2023
नेपालका चर्चित स्पिनर सन्दीप लामिछानेले एसिसी प्रिमियर कपमा सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका छन्। आज सम्पन्न प्रतियोगितामा लामिछाने सर्वाधिक विकेट लिनेमा उनी दोस्रो खेलाडी हुन । उनले ५ खेलमा १३ विकेट लिन सफल भएका हुन । सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन् । खानले सर्वाधिक १७ विकेट लिन सफल भएका थिए । यसैगरी, सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ । प्रतियोगितामा दुईवटा १ सय ५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएर रेकर्ड कायम गरेका छन ।









































