HomeFeatureए डिभिजन लिग फुटबलमा मनाङ विभागीय टोली एपीएफ क्लबसँग ३–१ गोल अन्तरले...

ए डिभिजन लिग फुटबलमा मनाङ विभागीय टोली एपीएफ क्लबसँग ३–१ गोल अन्तरले पराजित

काठमाडौं, 17 फरवरी 2022

कतार एयरवेज सहिद स्मारक  ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ । बिहीबार भएको खेलमा मनाङ विभागीय टोली एपीएफ क्लबसँग ३–१ गोल अन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा एपीएफले थप २ गोल गोल दोस्रो हाफमा गरेको हो । खेलको ३७ औं मिनेटमा मनाङका कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई शुरुआती अग्रता दिलाएका थिए । १ गोलले पछि परेको एपीएफले ३ मिनेटपछि नै बराबरी गोल गरेको थियो । ४० औं मिनेटमा एपीएफका आशिष लामाले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा मनाङविरुद्ध हावी देखिएको एपीएफले ८१ औं मिनेटमा गोल गर्दै अग्रता २–१ मा पु¥याएको थियो । एपीएफका लागि मनिकुमार लामाले उत्कृष्ट गोल गरेका थिए । त्यसपछि ८७ औं मिनेटमा एपीएफका लागि नविन लामाले गोल गरेपछि एपीएफ ३–१ ले बिजयी भयो ।  जारी लिगमा एपीएफले तेस्रो जीत दर्ता गरेको हो । जितपछि एपीएफ तालिकामा १४ अंक बनाउँदै आठौं स्थानमा उक्लिएको छ । पराजित भएको मनाङ २० अंकसहित दोस्रो स्थानमा छ । यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको अर्को खेलमा एनआरटीले संकटालाई १–० गोल अन्तरले पराजित गरेको छ। एनआरटीलाई जित दिलाउन स्टेफेन समिरले निर्णायक गोल गरे । खेलको २८ औं मिनेटमा स्टेफेन एनआरटीलाई जित दिलाउन निर्णायक गोल गरेका हुन् । सरोज तामाङको लामो पासमा संकटाका दुई डिफेन्डरलाई बिट गर्दै उनले गोल गरेका थिए । यस जितसँगै एनआरटीले ११ खेलमा १७ अंक जोडेको छ र तालिकाको पाँचौ स्थानमा छ । त्यस्तै संकटाले ११ खेलमा १५ अंक जोड्दै छैटौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...