ओडिशा रेल दुर्घटनाः मृत्यु हुनेको संख्या २८० नाघ्यो
दिल्ली, 3 जुन 2023
ओडिशाको बालासोरमा शुक्रबार साँझ भएको रेल दुर्घटनामा २८० जनाभन्दा बढीको मृत्यु भएको छ। दुर्घटनामा ९ सयभन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटना बालासोरको बहंगा बजार स्टेशन नजिकै साँझ ७ बजे भएको हो। रेलवेका अनुसार ६५० जनालाई अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेका थिए। यसैबीच, प्रधानमन्त्री मोदीले स्थितिको समीक्षा गर्न बैठक बोलाएका छन्।रेलवे अधिकारीहरूले भने कि यसअघि शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेस पटरीबाट खसेको थियो। यसका केही डिब्बाहरू अर्को ट्र्याकमा पल्टिएका थिए। अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा एक्सप्रेससँग ठोक्किएको हो। त्यसपछि दुवै रेलका केही बोगी पटरीबाट खसेका थिए। यी बोगीहरू अर्को ट्र्याकमा उभिएको मालगाडीसँग ठोक्किएका थिए। कोरोमण्डल एक्सप्रेसको इन्जिन र केही बोगी मालगाडीमाथि चढेका थिए। अझै पनि दुर्घटनास्थलमा कैयौँ शवहरू थिचिएर रहेका छन्।