HomeFeatureओलीको चाल देउवाले बुझ्न नसक्दा गठबन्धन भताभुंग: नेपाल

ओलीको चाल देउवाले बुझ्न नसक्दा गठबन्धन भताभुंग: नेपाल

काठमाडौं, 27 दिसम्बर 2022

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले शेरवहादुर देउवालाई झुक्याएर गठबन्धनबाट प्रचण्डलाई खोसेको टिप्पणी गरेका छन् । सुदूरपश्चिमबाट निर्वाचित नेकपा एसका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको स्वागतमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ओलीको चाल देउवाले बुझ्न नसक्दा गठबन्धन भताभुंग भएको बताए ।

उनले भने– म तपाईंहरुलाई गोप्य कुरा भन्छु, मोबाइल बन्द गर्नुस् । केपी ओलीले त्यो दिन (आइतबार) बिहान पनि देउवाजीलाई फोन गरेर तपाई कुनै हालतमा प्रधानमन्त्री नछाड्नुस् । त्यसपछि प्रचण्ड रिसाएर हिँड्छन् । मैले उनलाई समर्थन गर्दिनँ, तपाई ५ वर्ष नै प्रधानमन्त्री बन्नुहोला भनेछन् । देउवाजी मख्ख परेर बसे । प्रचण्डले गठबन्धन तोडियो भनेर बालुवाटार बाट हिँडेपछि पनि देउवालाई विश्वास थिएन । ४ बजेसम्म केपी ओलीलाई पर्खेर बालुवाटारमा बस्दा उता हस्ताक्षर भइसकेको थियो । मलाई फोन गरेर माधवजी प्रचण्डजीलाई भन्नुस् पहिलो कार्यकाल उहाँलाई नै दिने हो । तर त्यतिबेला ढिला भइसकेको थियो । समय घर्केपछि भनेर हुन्छ ? उनीहरु राष्ट्रपतिकोमा गइसकेका थिए ।

नेपालले प्रचण्ड हिँडेपछि पनि आफूले गठबन्धनकै सरकार बनाउन भनेर रवि लामिछानेलाई खबर गर्दा उनले आफू त बालकोट पुगिसकेको बताएपछि कुरा बित्याँस भएछ भन्ने लागेको सुनाए । उनले राजेन्द्र लिङदेनले आफ्नो फोन नउठाएको र केपी ओलीको प्रयास असफल बनाउन नसकिएको सुनाए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...