HomeFeatureओलीको पालामा देश ऋणमय भयो, अहिले अनुदानमय: महत

ओलीको पालामा देश ऋणमय भयो, अहिले अनुदानमय: महत

काठमाडौं, 9 मई 2022

नेपाली कांग्रेसले मुलुकलाई दुर्घटनाबाट बचाउने काम गठबन्धनले गरेकाले जनताले बिश्वास गर्ने दावी गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले यसअघिको एमाले सरकारले मुलुक दुर्घटनातर्फ लैजान खोजेको र त्यसलाई गठबन्धनले बचाएको भन्दै यसपटक जनताले विश्वास गर्ने बताउनुभएको हो । उहाले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधिसभा विघटन गरेको भन्दै जनतासंग भोट माग्ने आधार एमालेसंग नरहेको तर्क गर्नुभयो । महतले आर्थिक सुशासन, विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, संविधान निर्माण, कानुनको शासनको कोणबाट एमाले असफल भएको बताउनुभयो । प्रवक्ता महतले यसअघिको सरकारको पालामा भ्रष्टाचार भएको र मुलुकको बेहाल भएको पनि बताउनुभयो । ओली सरकारको पालामा नै मुलुकको अन्तराष्ट्रिय सम्बन्ध कमजोर भएको उहाको भनाई छ । उहाले कांग्रेस सरकारमा आउँनासाथ मुलुक अनुदानमय भएको दाबी गर्नुभयो । गठबन्धनको सरकार आउने बितिकै अनुदान बढ्न लागेको र ऋण घट्न थालेको उहाले बताउनुभयो । प्रवक्ता महतले कांग्रेस लोकतन्त्र, संविधान बलियो पार्नका गठबन्धनलाई बलियो बनाएर अघि बढाउनुको बिकल्प नभएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...