HomeFeatureओलीमाथि कांग्रेसको आरोप : कोभिडमा भएको मानवीय क्षतिको जिम्मेवार पूर्वप्रधानमन्त्री ओली

ओलीमाथि कांग्रेसको आरोप : कोभिडमा भएको मानवीय क्षतिको जिम्मेवार पूर्वप्रधानमन्त्री ओली

काठमाडौं, 29 अक्टूबर 2022

सत्तारुढ दल नेपाली कांग्रेसले शनिवार सार्वजनिक गरेको घोषणापत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएका छन्। कांग्रेसले कोभिड- १९ का कारणले भएको मानवीय क्षतिको प्रमुख जिम्मेवार नै केपी शर्मा ओली भएको आरोप लगाएका छन्।

‘कोभिडका कारणले जति पनि मानवीय क्षति भयो, त्यसका लागि नेकपाको सरकार र पूर्व प्रधानमन्त्री ओली प्रमुख रूपमा जिम्मेवार हुनुहुन्छ भन्दा अत्युक्ति हुने छैन,’ कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ। जनताले सुविधाजनक बहुमत दिँदा पनि ओली नेतृत्वमा गएपछि ४१ महिनाको समय पूर्ण रुपमा खेर गएको कांग्रेसको दाबी छ।

‘राष्ट्रवाद, स्थिर सरकार र समृद्धि जस्ता लोकप्रियतावादी नाराको आधारमा तत्कालीन वाम गठबन्धनले २०७४ का तीनै तहका निर्वाचनमा प्रचण्ड वहुमत हासिल गरी नेपालको इतिहासमा नै सबैभन्दा बढी सुविधाजनक र अनुकूल अवसर पाएको थियो,’ कांग्रेसको घोषणापत्रमा भनिएको छ, ‘तर नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको क्षणदेखि नै संविधान, लोकतान्त्रिक प्रणाली, नागरिक अधिकार, संवैधानिक संस्था र राज्यको चौथो अंग संचार जगतमाथि नियोजित रूपमा आक्रमण गर्दै वाम गठबन्धनले पाएको अवसरको अधिकांश समय र ऊर्जा सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टतामा खर्च गरिएको थियो।’

ओली नेतृत्वमा बनेको सरकारमात्र नभई प्रदेशमा नेकपा नेतृत्वमा बनेका सरकारहरुसमेत संघीय प्रणालीको सिद्धान्त विपरित चलेको कांग्रेसको ठहर छ।

ओली नेतृत्वमा बनेको सरकारले विभिन्न अनियमितता र काण्ड मच्चाएको कांग्रेसको आरोप छ। ‘सरकार बनेको क्षणदेखि नै कुशासन, भ्रष्टाचार र अनियमितता संस्थागत हुन थालेको थियो। सार्वजनिक सम्पत्ति माथि लुटतन्त्र मच्चाउँदै सरकारले भ्रष्टाचार, कमिशनतन्त्र, आर्थिक अनियमितता र अपारदर्शीताको क्षेत्रमा नयाँ-नयाँ कीर्तिमान कायम गरेको थियो,’ थप भनिएको छ, ‘कुशासन र भ्रष्टाचारको सबैभन्दा ज्वलन्त उदाहरण कोभिड महामारी नियन्त्रण र रोकथामका लागि सरकारी उदासिनता तथा मेडिकल सामाग्री खरिदको भ्रष्टाचार र कमिशन प्रकरण हो। महामारी शुरू भएपछि कोभिड नियन्त्रण गरी जनताको जीवन रक्षा गर्नु सरकारको अनिवार्य प्राथमिक दायित्व थियो। सरकारले न महामारी नियन्त्रण गर्ने उपयुक्त नीति र कार्ययोजना अख्तियार गर्यो, न परीक्षण, उपचार, खोप, औषधी, क्वारेन्टिन र अस्पतालको व्यवस्थापन गर्न नै संवेदनशील भयो।’

यिनै कारण देखाउँदै कांग्रेसले ओलीको नेतृत्वमा ४१ महिनाको अवधि खेर गएको दाबी गरेको छ। यसअघि स्थानीय निर्वाचनमा कांग्रेसले जारी गरेको घोषणापत्रलाई एमाले अध्यक्ष ओलीले पागलहरुको प्रलापको संज्ञा दिएका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...