HomeFeatureओलीमाथि गरेको टिप्पणीप्रति आपत्ती जनाउदै एमालेद्वारा प्रतिनिधिसभा अवरुद्ध

ओलीमाथि गरेको टिप्पणीप्रति आपत्ती जनाउदै एमालेद्वारा प्रतिनिधिसभा अवरुद्ध

काठमाडौं, 27 मई 2022

नेकपा एमालेका सांसदहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि गरेका टिप्पणीप्रति आपत्ती जनाउदै प्रतिनिधिसभा अवरुद्ध पारेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउने क्रममा मन्त्री बडूले बिहिबार ओलीले सदनमा स्तरहीन अभिव्यक्ति दिएको बताउनुभएको थियो । ओलीले सदनमा बोल्दा आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिएको पनि बताउनुभएको थियो । त्यसपछि एमालेका सांसदहरुले मन्त्रीले गैरजिम्मेवारीपूर्वक बोलेको भन्दै बिरोध जनाएका थिए । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेतामाथि अप्रमाणित कुरा गरेर संसदको गरिमा घटाउने काम गरेको आरोप लगाउनुभयो । एमाले सांसदहरुले मन्त्री बडूले आफ्ना शव्द फिर्ता लिनुपर्ने माग गर्दै उठेर बिरोध जनाएपछि सभामुख अग्नी सापकोटाले केहिबेरका लागि बैठक स्थगीत गर्नुभएको थियो ।  त्यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउदै मन्त्री बडूले कर समायोजनको विषयको प्रस्ताव अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभएको थियो । आयल निगमको घाटा कम गर्न तथा यसको अल्पकालीन तथा दीर्घकालीन विकल्प र व्यवसाय विविधीकरणसहितको विषयमा अध्ययन गर्न सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा एक उच्चस्तरीय अध्ययन समिति समेत बनाएको उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...