HomeFeatureओलीलाई थापाको जवाफ, घोषणापत्रमा आफ्नो आलोचना देखेर आक्रोशित भएको टिप्पणी

ओलीलाई थापाको जवाफ, घोषणापत्रमा आफ्नो आलोचना देखेर आक्रोशित भएको टिप्पणी

काठमाडौं, 27 अप्रैल 2022

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको घोषणापत्रमा आफ्नो आलोचना देखेर एमाले अध्यक्ष केपी ओली आक्रोशित भएको टिप्पणी गर्नुभएको छ । बुधबार काठमाडौंमा काँग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा थापाले कांग्रेसको घोषणापत्रमा एक पछि अर्को झुटको पर्दाफास भएपछि ओली आक्रोशित भएको टिप्पणी गर्नुभएको हो । उहाले ओलीलाई लजिकमन नपर्ने र म्याजिक मात्र मन पर्ने भन्दै कांग्रेसको घोषणापत्रमा लजिक मात्र भएकाले मन नपरेको पनि बताउनुभयो । थापाले आफ्ना पार्टीका कार्यकर्ताले घोषणापत्र पढ्न नभ्याएको भएपनि ओलीले रातिराति पढेर आलोचना गरेको जिकिर गर्दै  आफ्नो स्वास्थ्यको ख्याल गर्न र धेरै आवेगमा नआउन पनि सुझाव दिनुभयो । एमाले भनेको समृद्धि र कांग्रेसले भनेको सम्मुनत नेपालको परिभाषा नै फरक रहेको दावी गर्दै उहाले समयले भ्याएको बेला ट्युसन पढाउन बालकोट जाने बताउनुभयो । महामन्त्री थापाले सत्ता गठबन्धनको बिरोध गर्दै हिडेको एमालेले आफै सारथी खोज्दै हिँडेको जिकिर गर्नुभयो । उहाले पार्टीभित्रका असन्तुष्टिहरुलाई मध्यनजर गर्दै विभेदको क्षतिपूर्तिसहित न्यायको निर्णय हुनगरि काम गर्ने बताउनुभयो । उहाले कांग्रेसको घोषणापत्र सवै उम्मेदवारले अनिवार्य पढ्नुपर्ने भन्दै त्यसको उलंघन भए कडा कारवाही गर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...