30 अक्तूबर 2021
केपी शर्मा ओलीले नेकपा एमालेका दुई जना केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । अध्यक्ष ओलीले शुक्रबार बालकोटस्थित आफ्नै निवासमा केन्द्रीय सदस्यहरु कुन्दन कुश्वाहा र महमद समीरलाई शपथ गराएका हुन् । केही दिनअघि बसेको केन्द्रीय समितिको बैठकले कुश्वाहा र समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।









































