HomeFeatureओलीले न्यायलयलाई धम्काउने र थर्काउने काम गरेको प्रचण्डको दाबी

ओलीले न्यायलयलाई धम्काउने र थर्काउने काम गरेको प्रचण्डको दाबी

काठमाण्डौ, 26 जुन 2021

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई धम्काउने गरेको दाबी गर्नुभएको छ । संघीय संसद भवन नयाँवानेश्वरमा सनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसंग गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले महान्यायधीवक्ता मार्फत न्यायलयलाई धम्काउने र थर्काउने काम गरेको दाबी गर्नुभयो । अदालतको फैसला पहिले नै आफुलाई थाहा हुने गरेको भनेर जनतामा भ्रम छर्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै उहाँले अहिले पनि आफुहरु न्यायलयले संविधान अनुसार नै फैसला गर्छ भन्नेमा विश्वस्त रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “केपी ओलीले धम्क्याउन थालेका छन् अदालतलाई । थर्काउन थालेका छन् । कहिले महान्यायधीवक्ताबाट, कहिले आफै । मेरो सेटिङ्गमा नेपाल चलेको भए त । सर्वोच्चले संविधान र ऐन कानुनको व्यवस्था अनुसार फैसला गर्छ । लोकतन्त्रका मुल्य मान्यता अनुसार फैसला गर्छ । गर्नुपनि पर्छ । त्यसअनुसार गर्दा हेर्नुहोला केही दिनपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ भन्छु म । यो सेटिङबाट भनेको हो र मैले ? हेर्नुहोला त्यही हुन्छ भन्छु म । अनि भयो भनेदेखि लौ प्रचण्डले त पहिलेही भनेको थियो । त्यही भयो । यस्तो पनि हुन्छ र लोकतन्त्रमा राजनीतिक स्वतन्त्रतामा ? ”

आफुले भन्दै नभनेको कुरालाई बनाएर भन्ने र जनतामा भ्रम फिँजाउने काम प्रधानमन्त्री ओलीले गरेको दाबी अध्यक्ष दाहालले गर्नुभयो । उहाँले कामचलाउ प्रधानमन्त्रीलाई मन्त्रीमण्डल विस्तार गर्ने अधिकार संविधानले नै दिएको छैन भन्ने आफ्नो अभिव्यक्तिलाई प्रधानमन्त्री ओलीले अदालतको फैसला पहिले नै जानकारी पाएको भनेर गलत प्रचार गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “संविधानको मर्म र भावना, ऐन कानुनको व्यवस्था अनुसार केपी पहिले नै कामचलाउ भईसकेका हुन् । कामचलाउले मन्त्रीमण्डल गठन गर्ने नियुक्ति गर्ने प्रचलन नै छैन । मैले बुझेसम्म अदालतले यी मन्त्रीलाई अबैध भन्छ भनेको थिएँ ।”

गठबन्धनको भविश्य बारे पत्रकारको जिज्ञासामा उहाँले आफु पहिले देखि नै प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्दै लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “हामी मुद्धामा आधारित भएर यो गठबन्धन निर्माण गरेको हो । यो कुनै स्वार्थबस गरिएको होइन । यो पटक हाम्रो लडाई प्रधानमन्त्रीको पदको होइन । यो पटक हामी कोही पनि प्रधानमान्त्री हुन पाए सरकार छिटो बनाउन पाए भन्ने बाट प्रेरित होइन । बल्ल बल्ल संविधानसभाबाट संघीय लोकतान्त्रिक संविधान बन्यो । अहिले संविधानमाथि निरंकुश र निर्मम किससिमले प्रहार भइरहेको छ र देशलाई अराजकतको भुमरिमा हाल्ने दुश्प्रयाास भईरहेको देखियो । छ्याङ देखियो त्यसबाट यो संविधानको रक्षा गर्ने पर्छ नत्र बरबाद हुन्छ यो देश, जनताको जीवन भविश्य वरबाद हुन्छ भन्ने चिन्ताका साथ हामी लागिरहेका छौ । संसदविघटन गर्ने उपक्रम सुरु भएपछि संविधानको रक्षा गरिएन भने देश नै अप्ठ्यारोमा जानेछ भन्ने चिन्ताले हो । हामीले ५ पुर्व प्रधानमन्त्रीले जो बक्तव्य दिएका छौ । बुझ्नेलाई इसारा काफि छ । धेरै चिज छ त्यो भित्र । ”

अध्यक्ष दाहालले राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तामाथि प्रहार भएको हुनाले राष्ट्रिय स्वाधिनताको, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको लागि गठबन्धन बनाएर सरकारका प्रतिगामी कदम विरुद्ध उत्रिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “अहिले केपी जीले लोकतान्त्रिक मुल्य मान्यतामाथि यति निरंकुश प्रहार,बडो नघ्न किसिमको प्रहार भईरहेको हुनाले पनि लोकतान्त्रिक मुल्य मान्यता र सिद्धान्तको रक्षाको लागि गठबन्धन आवश्यक भयो । कुर्सीको लोभ भएर होइन । हामी कुर्सी छोडेर देशहितमा लाग्ने मान्छे हौ । ”

केपी ओली प्रधानमन्त्री भएपछिको पहिलो बजेट नै पार्टीको घोषणापत्रमा उल्लेख भएका विषय विरुद्ध आएको उल्लेख गर्दे ओलीका क्रियाकलापको आफुहरुले विगत देखि नै भित्रभित्रै विरोध गर्दै आएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले गोहीको आँसु चुहाएर मान्छेलाई भ्रम छर्ने र दिउँसै रात पार्ने काम गरेको आरोप अध्यक्ष दाहालले लगाउनुभयो । उहाँले पार्टी एकताका लागि गरेको सहमतिमा हस्ताक्षर गरेर सहमति नमानेर प्रधानमन्त्री ओलीले आफुलाई धोका दिएको दाबी गर्नुभयो । अदालतको फैसलापछि पार्टी एकताका लागि कुनै पनि पहल कदमी नगरेका प्रधानमन्त्री ओलीले चासो नदेखाएको भनेर आफुलाई आरोप लगाउनु झुट र बेइमानीको पराकाष्ट भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “हामीले नगरेको होइन । हामीले भित्र भित्रै विरोध गरेकै हो । रोक्ने कोशिस गर्यौ तर प्रधानमन्त्रीले कहिलेही पनि छलफल गराउनुभएन । गोहीको आँसु चुहाएर मान्छेलाई भ्रम दिने,लाजैमर्दो छ भन्यो भने । दिउँसै रात पार्ने यो भन्दा नागो झुटो कुनै सक्क्तैन । दुई महिनासम्म उहाँको कुनै फोन छैन । यति झुट बोल्न सक्ने प्रधानमन्त्री भएपछि । यो त नेपालको लागि बिडम्बना भयो । यो झुट बेइमानीको पराकाष्ट हो । ”

अध्यक्ष दाहालले ५ वटै दलबीच लोकतन्त्र र संविधान बचाउने सन्र्दभमा छलफल चलिरहेको भन्दै उहाँले सरकारको प्रतिगामी कदम विरुद्धका कार्यक्रमहरु तय गर्ने क्रममा रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...