HomeFeatureओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजे : सांसद शर्मा

ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजे : सांसद शर्मा

काठमाडौं, 19 जनवरी 2023

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पिँजडामा राख्ने प्रयास भएको बताएका छन्।

संसदको बिहीबार बसेको बैठकमा ईश्वरी न्यौपानेलाई सभामुख बनाउने प्रस्ताव राख्दै कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गरेका हुन् ।

उनले भने, ‘हामीले ढोक्सा थापेका छैनौं। माछालाई जालमा पार्न कुनै योजना हाम्रो छैन। तर, माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा चैं नबनाउनका लागि मैले रोष्ट्रमा उभिएर अपिल गर्नै पर्ने हुन्छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले समर्थन गर्ने भएपछि विश्वासको मत लिने दिन ओलीले कांग्रेसले ढोक्सा र जाल थापेको आरोप लगाएका थिए ।

‘आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउँभन्दा संविधानले नचिनेको संयन्त्र नबनाउने भन्ने, अनि सँगैको मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको हो ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...