HomeFeatureओली कम्युनिष्ट आन्दोलनभित्रको घातक तत्व र पार्टीको भगौडाः झलनाथ खनाल

ओली कम्युनिष्ट आन्दोलनभित्रको घातक तत्व र पार्टीको भगौडाः झलनाथ खनाल

काठमाण्डौ, 22 जनवरी 2021

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भगौडा भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्दमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै बरिष्ठ नेता खनालले ओली नेकपाको भगौडा भएको टिप्पणी गर्नुभएको हो । नेकपा क्रान्ति र प्रतिक्रान्तिको विभिन्न श्रृङ्खला पार गर्दै ७१ वर्ष पार गरेको स्मरण गर्दै उहाँले केपी ओली कम्युनिष्ट आन्दोलनभित्रको घातक तत्व रहेको बताउनुभयो । ओली नेकपाको अध्यक्ष बन्न लायक नरहेको उहाँको भनाई छ । ओलीले सानो गुट बनाएर पार्टीलाई चोइट्याएको उहाँले बताउनुभयो । नेकपा बलियो र सुदृढ भएको भन्दै सुदृढ पार्टीमा गलत मान्छे बस्न नसक्ने र ओलीले प्रतिगमन गरेका कारण पार्टीबाट आफै भाग्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।

बरिष्ठ नेता खनालले संसद विघटनलाई प्रधानमन्त्री ओलीले राजनीतिक कदम भन्नेगरेको भन्दै यो राजनीतिक कदम नभई प्रतिगमनकारी कदम भएको बताउनुभयो । प्रधानमन्त्रीले संविधान अनुसार चल्नुपर्ने उहाँको भनाई छ । प्रधामन्त्री ओलीले जनताले स्थिरताको निम्ति दिएको जनादेश विरुद्ध आक्रमण गरेको तथा संविधानलाई च्यातेर ध्वंसको थालनी गरेको उहाँले बताउनुभयो । उहाँले जनता कतातिर छन् भनेर सडकमा आएर हेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो ।

बरिष्ठ नेता खनालले संविधानले बनाएको सर्वोच्च अदालत भएकाले सर्वोच्चले संविधान बाहिर गएर कुनै व्याख्या विश्लेषण गर्न नमिल्ने बताउनुभयो । सर्वोच्चले संसद पुर्नस्थापना गर्नुको विकल्प नभएको उहाँको भनाई छ । त्यसैगरी निर्वाचन आयोग पनि प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपालाई नै आधिकारिक पार्टी भन्न बाध्य हुने उहाँले बताउनुभयो ।

उहाँले प्रतिगमन नसच्चिएसम्म र केपी ओलीले घोडा नटेकेसम्म कफन बाँधेर सडकमा उत्रिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...