HomeFeatureओली समूहको एमाले केन्द्रीय समिति बैठकको निर्णय, माधव नेपाल, भीम रावललगायतलाई स्पष्टिकरण...

ओली समूहको एमाले केन्द्रीय समिति बैठकको निर्णय, माधव नेपाल, भीम रावललगायतलाई स्पष्टिकरण सोध्ने

काठमाण्डौ, 20 मार्च 2020

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहको केन्द्रीय समिति बैठकले पार्टीको निर्देशन विपरित राष्ट्रिय भेला आयोजना गरि सक्रिय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसंग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।शनिबार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले पार्टीले दिएको निर्देशन विपरित राष्टिय भेला आयोजना गरेर निर्देशन उलंघन गरिएको कार्यलाई गम्भीर र अनुशासन विपरित विषय भएकाले त्यसकार्यको मुख्य जिम्मेबार भएका नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले आत्मसमिक्षाका साथ फर्किनेलाई पार्टीले उपयुक्त जिम्मेबारी दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रवक्ता ज्ञवालीले भन्नुभयो “नेकपा एमाले केन्द्रीय कमिटीको १२ औ बैठकले आगामी २०७८ साल मंसिर २ देखि ६ गते सम्म दशौ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गर्दे विद्यमान २ सय ६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवमा स्वतःकेन्द्रीय कमिटीको अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोख्रेल रहने र त्यहाँ रहने अन्य पदाधिकारीहरु र स्थायी कमिटीको बारेमा प्रस्ताव प्रस्तुत गर्नका लागि अध्यक्ष तथा महासचिवलाई जिम्मा दिने निर्णय गरेको छ । ”

त्यसैगरी बैठकले पार्टीको विधान संसोधन गरेर आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसैगरी बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजको प्रस्ताव तयार गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, टोप बहादुर रायमाझी र शंकर पोख्रेल रहेको ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रदेश मातहतका जिल्ला कमिटीलाई जिल्ला संगठन कमिटीमा रुपान्तरण गर्न र समयमै अधिवेशन गर्न तथा बाकी स्थानीय तहका कमिटीहरुलाई पनि व्यवस्थित गर्ने जिम्मेबारी सात वटै प्रदेश कमिटीलाई सुम्पिएको छ । एमालेको ओली समुहले यसअघि नै असार मसान्तसम्म पार्टी सदस्यता नविकरण गरिसक्ने निर्णय गरेको थियो । त्यसैगरी अनुशासित, जनआधारित, चुस्त र अझै सशक्तका साथ राष्ट्रिय राजनीतिलाई डोर्याउन सक्ने नया शक्तिको रुपमा पार्टीलाई अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...