कञ्चनपुर, हिम शाह, 27 मई 2020
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका–७ का वडाध्यक्ष कल्लु रानाको मृत्यु भएको छ । मंगलबार साँझ वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको आज स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ देखाएको छ । उनको शव पोष्टमार्टमका लागि सेती अस्पतालमा राखिएको छ।









































