काठमाण्डौ, 26 जुलाई 2021
जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य एवम् प्रतिनिधि सभा सदस्य रेशम चौधरी निर्वाचन आयाेगमा उपस्थित हुनभएकाे छ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी अहिले निर्वाचन आयोग पुग्नुभएको छ । जसपाको आधिकारिकता विवाद भएपछि त्यसको निरूपणका लागि निर्वाचन आयोगले सनाखत गर्न सबै नेतालाई बोलाएपछि डिल्लीबजार कारागारमा रहनुभएका चौधरी आयोग पुग्नुभएको हो । चौधरीले आफू कुन पक्षलाई सनाखत गर्ने भन्ने विषयमा खुलाउनुभएको छैन । चौधरीले आफूले पार्टीका दुवै अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरसँग छलफल गरेपछि सनाखत गर्ने बताउनुभएको छ । जसपाको आधिकारिकता विवाद निरूपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई आज सोमवार बोलाएको हाे । अहिले जसपाका सबै नेता सनाखतका लागि निर्वाचन आयोगमा छन् ।









































