दिल्ली, 29 अक्तूबर 2021
कन्नड फिल्म स्टार पुनीत कुमार 46 को हृदयघातका कारण निधन भएको छ । उनलाई छाती दुखेपछि अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बैंगलोरको विक्रम अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । पुनीत कुमारको अवस्था चिन्ताजनक रहेको विक्रम अस्पतालका डा रंगनाथ नायकले जनाए । अस्पताल ल्याउँदा उनको अवस्था निकै नाजुक थियो ।









































