HomeFeatureकपिलवस्तुमा बैशाख ३० गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा

कपिलवस्तुमा बैशाख ३० गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौं, 11 मई 2022

बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको तयारी कपिलवस्तुमा अन्तिम चरणमा पुगेको छ । महारागञ्ज नगरपालिका बाहेक अन्य सबै ९ वटै पालिकामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्मा सापकोटाले जानकारी दिनुभयो । उहाले सबै मतदान केन्द्रहरुमा मतदान अधिकृतहरु ,मतपेटिका ,मतपत्रहरु पुगेको बताउनुभयो । त्यस्तै मतदाता परिचयपत्र बितरणसंगै मतदाता शिक्षा कार्यक्रम भइरहेको उहाले बताउनुभयो । मौन अवधिको क्रममा अनुगमन गर्न जादा जुलुस प्रर्दशन केहि नभएको र शान्त बातावरण देखिएको प्रमुख निर्वाचन अधिकृत सापकोटाको भनाई रहेको छ । जिल्लामा रहेका २३५ मतदान स्थलमा ४६८ मतदान केन्द्र रहेको छन । जसमा २३३७ जना कर्मचारी र १४०४ जना स्वयसेवक नियुक्त गरि परिचालन गरिएको छ । कांग्रेसको तर्फबाट कपिलवस्तुको महाराजगंज नगर पालिकाको उपमेयरका उम्मेदवार बनेकी शोभावति कुर्मीको मृत्यु भए पछि स्थगित भएको निर्वाचन जेठ ३ गते हुने भएको छ । मतदान भने जेठ ३ गते हुने निर्वाचन अधिकृतको कार्यालयले सुचना जारी गरी जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...