HomeFeatureकम्युनिष्ट सरकारले देशमा जहिलेपनि अस्थीरता र भ्रष्टाचारलाई प्रसय दिएको छ: प्रकाशमान सिंह

कम्युनिष्ट सरकारले देशमा जहिलेपनि अस्थीरता र भ्रष्टाचारलाई प्रसय दिएको छ: प्रकाशमान सिंह

कम्युनिष्ट सरकारले देशमा जहिलेपनि अस्थीरता र भ्रष्टाचारलाई प्रसय दिएको : प्रकाशमान सिंह

काठमाण्डौ,9 नोवेम्बर 2020

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिलेपनि अस्थीरता र भ्रष्टाचारलाई मात्रै प्रसय दिएको बताउनुभएको छ । पहिलो संविधानसभा देखि अहिलेसम्म कम्युनिष्टहरुले जनताबाट अत्याधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थीरता र भ्रटाचार बाहेक केहीपनि दिन नसकेको बताउनुभयो । गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिलेपनि झण्डै दुई तिहाईको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जनतालाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको बताउनुभयो । पहिलो संविधानसभामा जनताले म्यान्डेड दिएपनि संविधान जारी नगरी भंग गरेको र अहिले पनि संविधानको कार्यान्वयन गर्न दिएको म्यान्डेड विपरित अस्थिरता र भ्रष्टाचारलाई बढावा दिएको बताउनुभयो। बालुवाटारको ललिता निवास जग्गा प्रकरण, सकेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी न्यारोबडी काण्ड बाहिर आउँदा समेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले बताउनुभयो । प्रधानमन्त्रीले आफुले पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने तर आफ्नै पार्टीका नेताहरु संलग्न भएका घोटलाहरुमा उहाँले नै संरक्षण गर्ने काम गरिराखेको बताउनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम काम समेत गर्न नसकेको उहाँले बताउनुभयो । कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा जनतालाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटला गरेको बताउनुभयो । सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौं भन्दै पछि हटेको समेत बताउनुभयो । सरकारले कोरोना रोकथामको लागि न्यूनतम काम समेत गर्न नसक्दा जनता दुःखी भएको पनि नेता सिंहले बताउनुभयो ।

सरकारले संघीयताको भावना विपरित एकपछि अर्को काम गरिराखेको आरोप समेत नेता सिंहले लगाउनुभएको छ । संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरेपनि प्रधानमन्त्रीले संघीय सरकारकै इकाईको रुपमा प्रदेश र स्थानीय तहलाई लिएको बताउनुभयो । यस्तै नेता सिंहले नेपाली कांग्रेस भित्र पनि अप्रजातान्त्रिक गतिविधि बढेको बताउनुभएको छ । पार्टी भित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नको लागिपनि तोकिएको मितिमा नै महाधिवेसन गर्नुपर्ने बताउनुभयो । चारवर्षमा हुनुपर्ने महाधिवेसन एक वर्ष समय थप हुँदापनि हुन नसक्ने स्थितिमा आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । महाधिवेसन गर्नका लागि गर्नुपर्ने तयारी केहीपनि नगरिएको उहाँले बताउनुभयो । यस्तै प्रजातान्त्रिक पार्टी भित्र अप्रजातान्त्रिक विधिबाट गठन भएका सबै विभागहरु खारेज हुनुपर्ने माग समेत गर्नुभयो ।

नेपाली जनताले गणेशमान सिंह जस्तै चरित्रवान, स्वच्छ छवि भएका राजनीतिग्यको चाहना गरेको उल्लेख गर्दै अहिलेका नेताहरुपनि सच्चिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...