करिब ७ किलो चरेससहितत्रिभुवन विमानस्थलबाट जर्मन नागरिक पक्राउ
काठमाडौं, 12 जुन 2023
करिब ७ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट एक जर्मन नागरिक पक्राउ परेका छन् ।
सोमबार बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका जमर्न नागरिक ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको विमानस्थलले जानकारी दिएको छ ।
उनले बाहिर ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लुकाएर लैजान लागेको बेला चेकजाँचका क्रममा बरामद भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ती जर्मन नागरिकलाई केहीबेरअघि लागुऔषध ब्युरोको जिम्मा लगाइएको छ ।